१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजदूत डा. सुवेदीलाई आयरल्याण्डको थप जिम्मेवारी

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०७:४७

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आयरल्याण्डका लागि समेत राजदूत नियुक्त भएका छन् ।
मंगलबार २१ मार्च, २०१७ अर्थात चैत्र ८, २०७३ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सुवेदीलाई आयरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गरेको दूतावासले जनाएको छ ।