१५ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ शक्ति वेलायतमा गुरुङ

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०९:४४

लण्डन । नयाँ शक्ति पार्र्टी नेपालको वेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन् । गुरुङलाई आइतवार अल्डशरमा सम्पन्न समाजको पहिलो अधिवेसनले सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
अधिवेसनवाट उपाध्यक्षहरुमा जगन कार्की, थम बिक, सुमित्रा राई, हेम गुरुङ र डा दिलिप यादव निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रेशम थापा, सचिव पुष्प उप्रेती र रुद्र श्रेष्ठ चयन भए ।
३ बर्षे कार्यकाल रहेको कार्यसमितिको कोषाध्यक्षमा दिपक गुरुङ र सहकोषाध्यक्ष राजु कंडेल र प्रवक्ता विरेन्द्र श्रेष्ठ चुनिए । नयाँ कार्यसमितिको सदस्यहरुमा सुरोज मास्के, कृष्ण गैरे, पाण्डव महतो, शिवहरि तिमल्सिना, क्रान्ति मास्के, तारबिन पोखरेल, सकुन्तला गुरुङ, कुमार घले, लक्ष्मी भण्डारी, गनबहादुर गुरुङ, रुद्र ढकाल र हर्क सेवा चयन भए ।