लन्डन । वेलायती संसद भवन नजिक आतंककारी हमला भएको छ । बुधवार दिउँसो तिन बजे पछि भएको हमलामा दर्जन भन्दा बढी घाइते भएको स्थानिय संचार माध्यमले जनाएका छन् । वेलायती संसद हाउस अफ कमनमा हेरक बुधवार प्रधानमन्त्री प्रश्न उत्तर हुने गर्दछ । हमला हुदाँ वेलायत प्रधानमन्त्री लगायत सांसदहरु समेत हाउस अफ कमन भित्र रहेको वताएको छ । प्रहरीले सो घट्नालाई आतंककारी हमला भनेको छ । थप विवरण आउन बाँकी नै छ ।