१२ बैशाख २०८१, बुधबार
Follow Us

म्याग्दीमा भैरहेको राष्ट्रिय व्याडमिन्टनमा सहयोगको लागी अपील

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार ०७:४४

लन्डन । म्याग्दी सदरमुकाम बेनीमा भैरहेको राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिताको लागी आर्थिक सहयोगको लागि अपील गरिएको । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत ९ गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भैसकेको छ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत खेलमा सहभागी छन् । स्थानिय युवाहरुले पुरस्कार सहित हरेकबर्ष प्रतियोगिताका लागि खर्च जुटाउन महत्वपुर्ण भूमिका खेल्दै आएका छन्।

17474519_10212618782893560_1766104264_n
विभिन्न पाँचवटा विधाका खेलमा महिला र पुरुषको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष, महिला एकल, पुरुष डवल, १७ बर्ष मुनिको पुरुष लगाएत जिल्लास्तरका खेलाडी विच समेत खेल हुने छ । सर्वाधिक धनराशीको प्रतियोगितामा विभिन्न विधामा प्रथम पुरस्कार १ लाख देखी ५० हजार, द्धितिय ५० देखी २५ हजार, तृतिय २५ देखी ५ हजारसम्म रहेको छ । पुरुष डवलमा सर्वाधिक १ लाख पुरस्कार रहेको छ ।

क्लब स्थापना संगै काठमाण्डौमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक म्याग्दीमा आयोजना गरेको हो । जिल्लामा करिव दुई सय खेलाडीको उपस्थिति हुने प्रतियोगिताले खेलकुद, पर्यटन सहित खेलाडीको गुणस्तरीतामा समेत सघाउने अपेक्षा आयोजकको छ ।
सहयोगको लागि सम्पर्क विवरण
Contact: Resham Pun, 98510 38258, Yogendra Gurung, 98513601218
Bank Details:
Gangata Club
SBI Bank, AC 2011524100006N

Programme supported By 

1