१५ चैत्र २०८०, बिहीबार
Follow Us

को बन्दैछ मिस चितवन, भोली फाइनल

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार ०८:२६

चितवन । त्यही नारीको कोखबाट जन्मेको पुरुष आफ्नो सन्तानको रुपममा छोरी जन्मदा किन खुशी हुदैनन् ? किन ? यो प्रश्न गर्दागर्दै वीरेन्द्र क्याम्पस जेनेरल वाइलोजी स्तानक दोश्रो वर्षमा अध्यनरत सुमन गुरुङले आफ्नो प्रतिभा देखाउने प्रयास गरिन् । विगत १ महिनादेखि चितवनमा सालीमार मिस चितवन प्रतियोगिताका लागि विभिन्न कार्यक्रमहरु भइरहेको छ । सो प्रतियोगिताकै क्रममा सहभागी २८ प्रतियोगीले आफूभित्र भएका प्रतिभा हरतरहले बाहिर देखाउने प्रयास गरे । सोही प्रतियोगितामा सहभागी सुमनले आफूलाई मनपर्ने अभियन कला प्रस्तुत गरिन् । अभियन कला प्रस्तुत गर्ने क्रममा उनले छोरीको रुपमा सन्ताललाई अझै स्वीकार्न नसकको हाम्रो समाजिक परिवेशलाई देखाउने प्रयास गरिन् ।
जब सूर्य उदाँउछ
अस्ताउछ मेरो स्वाभिमान
चल्छ दिनर्चया उस्तै गरी
थिचिएर, च्यापिएर, गुम्सिएर
कुनै युगिन गन्त्वयको आशमा
एउटा छुटै ससंसारमा

4
जहाँ नारी घर बाहिर पनि हुन्छन् जहाँ छोरी जन्माउँदा आमा खुशी हुन सक्छे र खुशी हुन्छ सारा समाज यो कविताको अंश सुनाउदै प्रतियोगीतामा नै सहभागी सिमरन ढकाल आफूभित्रको कवित्व बाहिर ल्याउने प्रयास गरिन् ।
अर्का प्रतियोगी मिस चितवनको ताज लगाउने रहर सजाएकी निशु श्रेष्ठले पनि इन्देणीको सातै रङ अरुको नङमा भरेर नेल आर्टको आफ्नो कला देखाइन । उता सहभागी उरुसा अधिकारी भने मोवाइल फोनको लतबारे समसामयिक विषयमा आफ्नो वाक कला देखाइन् । प्रतियोगितामा सहभागी नमुना कार्कीले मिस चितवनको टाइटल जिते पनि नजिते पनि प्रतियोगिताले आफूमा आत्मविश्वास बढाएको बताइन ।
प्रतियोगितामा सहभागी कसैलै नृत्य प्रस्तुत गरेका थिए भने कसैल गीत गाए । कसैले अभियन, भाषणकला र कवितामा आफ्नो लुकेको प्रतिभा प्रस्तुत गरे, ‘तेस्रो मिस चितवन–२०१७’ को फाइनल पूर्व सन्ध्यामा आयोजित सो टेलेन्ट सो प्रतियोगितामा ।

miss chitwan
ब्राइट नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताका संयोजक गौरवबाबु ढकालले विशेष गरी युवा लक्षित यस्ता प्रतियोगिताले उनीहरुको व्यक्तित्वका साथै अवसरको खोजी गर्न सहयोग पुग्ने बताए । संयोजक ढकालले विगतको मिस चितवनमा सहभागीहरुको भुमिका समाजका हर क्षेत्रमा उल्लेखनीय रहेको उदारहण दिदै भने ‘यो प्रतियोगीताले प्रतियोगीहरुको प्रतिभाको प्रस्फुटन गराउन अवश्य सहयोग पुगेको छ’ । ब्राइट नेपालको प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले थपे ‘यस्ता प्रतियोगिताले प्रतियोगीका साथसाथै अन्य अप्रतियोगीमा पनि आत्मविश्वास बढाउन, सहयोग पुगेको हाम्रो अनुभव छ’, उद्योग वाणिज्य संघको सभा हल नारायणगढमा भएको सो प्रतियोगीतमा सहभागीहरुको प्रतिभाको मूल्याङ्न गर्न सरस्वती रिजाल, टंकनाथ पौडेल, राजन गौतम र रोशन घिमिरे निर्णायकको रुपमा रहेका थिए ।

3
महिलालाई सशक्त बनाउने प्रतियोगिताको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । सहभागीलाई फागुन १ गतेदेखि व्यक्तित्व विकासलगायत विभिन्न तालिमहरु दिन सुरु गरिएको हो । कोरियोग्राफर सन्जीत श्रेष्ठले एक महिनाको अवधिमा सहभागीले अत्यन्तै राम्रो गरेको बताए ।
प्रतियोगीतामा १८ वर्ष देखि २२ उमेर समुहकालाई सहभागी गराएको आयोजक मध्यैकै अनिस तमाङले जानकारी दिए । मिस चितवनको उपाधि जित्नेले आगामी मिस नेपालमा वाइल्ड कार्ड पाउने छिन् भने एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने आयोजकले जनाएको छ ।

1
प्रतियोगिताको फाइनल भोलि शुक्रबार साँझ सम्पन्न गर्न लागेको प्रशिक्षक चन्दन अग्रवालले बताए । समाजमा यस्ता प्रतियोगिताहरु भइरखे अवसर र सम्भावनाको खोजी गर्न युवा पुस्तालाई सहयोग पुग्ने जानकारहरु बताउँछन् ।
सिर्जना अर्याल