६ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यालय पुनर्निर्माणमा कलाकार ध्रुवदत्तको सहयोग

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०६:२७
लन्डन।  हाल बेलायतमा बसोबास गर्दै आएका नेपाली रजतपटका स्थापित कलाकार ध्रुवदत्तले भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका निम्ति एक लाख रुपियाँ सहयोग गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यासमा आधारित नेपाली चलचित्र तीनघुम्तीमा नायकको भूमिका निभाएका ध्रुवदत्तले नुवाकोटको बुधसिंह गाविसस्थित अन्नपूर्ण प्राथमिक विद्यालयको पुनर्निर्माणका निम्ति उक्त रकम सहयोग गरेका हुन् । पुनर्निर्माण अभियानको संयोजन गरिरहेकी सरु सुनारलाई गत सोमबार एक कार्यक्रमबीच तीनघुम्तीका निर्देशक बाबुराम ढकालले एक लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
गत वर्षको अकल्पनीय महाभूकम्पलगत्तै बेलायतका विभिन्न ठाउँमा तीनघुम्ती चलचित्रका च्यारिटी शोमार्फत् उक्त रकम जम्मा गरिएको ध्रुवदत्तले जानकारी दिए ।
13689673_10207184532439866_136561335_n
देशभित्र र बाहिर उक्त चलचित्रकोे निकै उत्साहप्रद समीक्षा भएको छ । पश्चिम नेपालको बुटवलबाट लण्डन बसाइँ सरेका नायक दत्तले विदेशमा बसेरै पनि कलाकारिता र समाजसेवालाई सँगसँगै अघि बढाएका छन् । अधिकांश दलित र जनजाति बालबालिकाहरूले अध्ययन गर्ने विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव लागेको दत्तले बताए ।