१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन छुरा प्रहार काण्डमा सात व्यक्ति पक्राउ

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार ११:४८

लन्डन । लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् ।
लन्डन र बामिङ्घमस्थित ती व्यक्ति पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको छ । सिन्ह्वा समाचार समितिका अनुसार यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्युहुनुको साथै अन्य ४० भन्दाबढी घाइते भएका छन् ।
‘हाम्रीले छ वटा ठेगानाबाट सात व्यक्तिलाई पक्राउ गरेका छाँै,’ लन्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् ।
गतः बुधवार अपरान्ह (नेपाली समयअनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।
यद्यपी एएफपी समाचार समितिले दिएको जनाकारीका अनुसार यस आक्रमणमा दुई जना सर्वसाधारण, एक प्रहरी अधिकारी र एक आक्रमणकारी स्वयम गरी चार व्यक्तिको मृत्यु भएको छ ।
दुई सर्वसाधारणमा ४० वर्षीय महिला, ५० वर्षीय एक पुरुष र ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको बताइएको छ । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र वर्षसम्म सेवा पु-याएका थिए । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिकरुपमा खुलासा गरिसकेको छैन ।