६ चैत्र २०८०, मंगलवार
Follow Us

लन्डन छुरा प्रहार काण्डमा थप दुई व्यक्ति पक्राउ

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ११:१२

लन्डन । लन्डनस्थित बेलायती संसद् भवन परिसरबाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले थप दुई व्यक्तिलाई पक्राउ गरेको छ । यसअघि लन्डन प्रहरीले सो आशङ्कामा सात व्यक्तिलाई पक्राउ गरिरससेको थियो । पक्राउ परेका एक महिलालाई मुक्त गरिएपछि हाल हिरासतमा नौ जना रहेका बताइएको छ ।
सात व्यक्ति लन्डन र बामिङ्घमस्थित पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको थियो । लन्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले ती व्यक्तिहरु पक्राउ परेका पुष्टि गरेका छन् । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबाद विरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् ।
गतःबुधवार अपरान्ह (नेपाली समयअनुसार बुधवार राति) केन्द्रीय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको थियो । त्यसैगरी यस आक्रमणमा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर भएको हुनाको मृतकको सङ्ख्या बढ्न सक्नेसमेत अनुमान गरिएको छ ।
एएफपी समाचार समितिले दिएको जनाकारीका अनुसार यस आक्रमणमा दुई जना सर्वसाधारण, एक प्रहरी अधिकारी र एक आक्रमणकारी स्वयम गरी चार व्यक्तिको मृत्यु भएको छ । दुई सर्वसाधारणमा ४० वर्षीय महिला, ५० वर्षीय एक पुरुष र ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको बताइएको छ । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र वर्षसम्म सेवा पु-याएका थिए ।