६ चैत्र २०८०, मंगलवार
Follow Us

वेलायत कांग्रेसको अधिवेसन जुलाई २२ मा, विभिन्न उपसमिति गठन

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ०८:००

लन्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको महाअधिवेसन जुलाई महिनामा हुने भएको छ । जनसम्पर्क समिति वेलायतका सभापति एवं अधिवेसन तयारी समितिका संयोजक लोक गुरुङको अध्यक्षमा विहीवार बसेको वैठकले जुलाई २२ तारिखको अधिवेसनको मिति तय गरेको हो ।

नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो अधिवेसनका लागि निर्वाचन समिति, विद्यान समिति लगायतका उपसमिति गठन गरिएको छ । सभापति गुरुङका अनुसार अगामी अधिवेसन नयाँ साधारण सदस्यको आधारमा हुने भएको छ ।

बैठक पछि एक विज्ञप्ति जारी गर्दै गुरुङले जनसम्पर्क समिति वेलायतको स्थापना भएको १४ बर्षमा जनसमुदायको अपार माया, सहयोग र सद्भावले संगठन प्राप्त गरेको भन्दै अगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका छन् । उनले जनसम्पर्क समितिको स्थापना काल देखी प्रजातन्त्र र समाजबादका निम्ति वेलायतबाट उल्लेख्य योगदान गरेको जनाएका छन् ।

विज्ञप्तिमा संगठनमा केहि समय देखि देखिएका सानातिना कटुताका कारणले सोचे र भने जस्तो काम हुन नसकेको समेत उल्लेख छ । विज्ञप्तिमा संगठनको पुर्निनर्माण गर्नका लागि सल्लाहाकार तथा वेलायतस्थित नेपाली जनसमूदायको अनुरोधको अनुसार विभिन्न चरणको बैठक पछि अधिवेसन तयारी समिति, निर्वाचन समिति र विद्यान समिति गठन गरिएको उल्लेख छ ।
अधिवेसनका लागि निर्वाचन समितिको संयोजक डा. सम्पुर्णानन्द ढुंगाना तोकिएका छन् ।
यस्तै सदस्यहरुमा विश्व आदर्श पण्डित, पुरुशोत्तम पौडेल, योगेन्द्र बहादुर छेत्री, शेर बहादुर सुनार, सूर्य तामाङ्ग र केशब भण्डारी छन् ।

अधिवेसनका लागि विद्यान संसोधनको लागि शिवजी श्रेष्ठको संयोजकत्वमा १९ सदस्य रहेको विद्यान समिति गठन गर्रिको छ । सो समितिको सदस्यहरुमा बिकाश देवकोटा, युबराज गुरुङ, शान्त बिनोद लामिछाने, श्रीमती कुमारी गुरुङ राजकुमार त्रिपाठी, डा. मिन रानभाट् , कोपिला सुब्बा, तर्कजङ गुरुङ, महेश दाहाल, केश बहादुर गुरुङ, राजकुमार शाक्य, हितकाजी गुरुङ, सुर्य नेम्बाङ, भोज बहादुर गुरुङ, नवराज न्यौपान, नारायण आचार्य, किरण राइ, आलेक्स चौहान छन् ।

अधिवेसन तयारी समितिको वैठकमा बिनोद मोक्तान, बिज्ञान प्रसाई, चेतनाथ खनाल लगायतको उपस्थिती थियो ।
untitled

पछिल्लो निर्णयले नेपाली जनसम्पर्क समिति वेलायतको लामो समय देखीको किचलो अन्त्य हुने अपेक्षा गरिएको छ । अगामी कार्यकालका लागि सभापति पदको उम्मेदवारका लागि युवराज गुरुङ, चिरन्जीवी ढकाल र हितकाजी गुरुङको नाम चर्चामा छ ।