१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चार्ल्टन समाजको बिबिक्यूमा राष्ट्रिय कलाकारहरुले गाउने

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०६:२९

साउथ ईस्ट लन्डनमा क्रियाशील नेपाली हरुको सामुदायिक संस्था चार्ल्टन नेपाली समाजको बार्षिक भेटघाट तथा समर बार्बेक्यू कार्यक्रम आगामी आईतवार चार्ल्टन स्थित मेरिडियन स्पोर्ट्स क्लबको मैदानमा हुने भएको छ ।

नेपालबाट आएका कलाकारहरुको प्रस्तुती सहित हुने मनोरन्जनात्मक कार्यक्रमका सबै तयारीहरु पुरा भईसकेको जानकारी समाजका सचिव टि एन रिजालले दिएका छन । यसपटकको सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार राधिका हमाल, रामजी खांड र थानेश्वर गौतमको प्रस्तुती रहने छ ।

युकेमै पनि परिचित हमाल र खांड सहित सहभागी हुने थानेश्वर गौतमको प्रस्तुती समाजमा नयाँ हुने विश्वास गरिएको छ । गौतम लोक भाकाको सालैजो , रोईला तथा गजल लगायतका संगीतका विधामा चर्चा कमाएका कलाकार हुन ।

यसपटकको कार्यक्रममा पनि सदा झैँ खेलकुदको रुपमा भलिवल मुख्य आकर्षण हुनेछ । उपाध्यक्ष टंक कंडेलका अनुसार यसपाली चार्ल्टन क्षेत्रका महिलाहरु समेतको भलिवल प्रतियोगितामा हुने सहभागिताले कार्यक्रममा अझै रौनक थप्ने छ । यही कार्यक्रमको प्रतियोगिताकै लागी भनेर यहाँका बयस्क महिलाहरु समेत कैयौ दिन देखीको भलिवल अभ्यासमा रहेको जानकारी उनले दिएका छन ।
त्यसैगरी सोही दिनकै कार्यक्रममा निशुल्क स्वास्थ्य शिबिरको संचालन समेत गर्न लागिएको आयोजकहरुले बताएका छन । शिविरमा निशुल्क रुपमा आधारभूत स्वास्थ्य परिक्षण गरिने छ ।

कार्यक्रमको प्रवेश शुल्क बयस्कहरुको लागी १० पाउण्ड तोकिएको छ भने ५ बर्ष मुनीका नानीहरुको हकमा फ्री र ५ देखी १० बर्ष सम्मको लागी ५ पाउण्ड लाग्ने छ । कार्यक्रम दिनको १२ बजे देखी खुला चौरको बार्बेक्यू संगै शुरु भएर सांझ ७ बजे सम्म चल्ने बताईएको छ ।

चार्ल्टन समाजका अध्यक्ष रोमनाथ पाण्डेले सहभागी हरुको सुलाभाताको लागी समाजले न्युनतम शुल्कमा अधिकतम मनोरंजन सहितको बार्बेक्यू तथा खानपान कार्यक्रम तय गरिएको भन्दै कार्यक्रममा स्थानीय तथा अन्य क्षेत्रका सबै इच्छुक नेपालीहरुलाई सहभागी हुन आवहान गरेका छन ।
यो क्षेत्रका उल्लेख्य नेपालीहरुको उपस्थितीमा हरेक बर्ष आयोजना हुने बार्षिक समर भेटघाट खेलकुद, सांस्कृतिक कार्यक्रम तथा मनोरंजनका हिसावले चर्चित बन्ने गरेको छ ।