April 12, 2021
2:46 PM | 7:31 PM
मुख्य समाचार

असोजमा मेलम्चीको पानी नआउने चिन्ता

  24/03/2017 मा प्रकाशित

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७.५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३.२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ ।

शोक प्रस्ताव पारित
सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राख्नुभयो । सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको बैठकमा राखिएको कार्यसूची मेलम्चीका विषयमा आगामी बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको छ ।

प्रतिक्रिया