८ बैशाख २०८१, शनिबार
Follow Us

को हुन् लन्डन आक्रमणकारी खालिद मसुद

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार १३:०३

लन्डन । लन्ड आक्रमणकारीको पहिचान भएको छ । ५२ वर्षीया खालिद मसुदले आक्रमण गरेको प्रहरीले स्पष्ट पारेको छ । उनी केन्टको एटरियान रसेल अजाओमा जन्मेका हुन । तर हिजोआज उनी डिमल्यान्ड्समा बसोबास गर्दथे ।
तीन सन्तानका पिता खालिद मसुद विभिन्न समयमा क्रावली, वेस्ट ससेक्स, ईस्ट ससेक्स, लुटन र पूर्वी लन्डनमा पनि बसोबास गरे । मेट्रोपोलिटन प्रहरीका अनुसार उनलाई विभिन्न नामले चिनिन्थ्यो । ती धेरै नाममध्ये एक एड्रियन एल्म्स पनि हो । प्राप्त जानकारी अनुसार मसुदले आक्रमण गर्नका लागि आफूलाई नै शिक्षक ठानेर कार भाडामा लिएका थिए ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार उनलाई कहिले पनि इग्लिस स्टेट स्कुलमा अंगे्रजी शिक्षकले उनलाई पढाएनन । कार भाडामा लिएको एक घन्टाभित्रै उनले कम्पनीसँग भनेका थिए, ‘अब मलाई कार कहिले चाहिँदैन ।’
त्यसपछि उनले वेस्टमिन्स्टर पुलमा मान्छेलाई कारले ठक्कर दिएर आक्रमण सुरु गरेका थिए । उनले किन यसो गरेका हुन् त्यसबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । स्कटल्यान्ड यार्डका अनुसार अहिलेसम्म मसुदबारे कुनै कुराको जाँच भएको छैन । आक्रमणका लागि उनलाई कसले पे्ररित गरेको थियो भन्ने कुराको कुनै जानकारी प्राप्त भएको छैन ।
यद्यपि प्रहरी रेकर्डअनुसार उनी यसअघि पनि धेरै घटनामा अभियुक्त भइसकेका थिए । उनी १९ वर्षको उमेरमा अर्थात् १९८३ मा आपराधिक गतिविधिमा संलग्न भएका थिए । अन्तिम पटक सन् २००३ मा चक्कु राखेको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो ।
तर, चरमपन्थीसँग जोडिएको घटनामा उनलाई अहिलेसम्म दोषी ठहर गरिएको थिएन । प्रधानमन्त्री टेरिजा मेले संसदलाई दिएको जानकारीमा आक्रमणकारी बेलायतमै जन्मे हुन्, केही वर्षअघि मात्र हिंसात्मक चरमपन्थीसाग जोडिएको आशंका गरिएको छ, त्यसमाथि प्रहरीले छानबिन गरिरहेको छ ।