६ चैत्र २०८०, मंगलवार
Follow Us

मिरा राणाले तताईन लन्डन

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार १३:३२

लन्डन । वाह्रैमासे जाडो हुने ठाऊ हो लन्डन । यस्मा पनि सिरसिरे वतासले लण्डनको वुलविच क्षेत्रलाई अझै चिसो वनाईरहेको थियो । आकाश वादलरुपी वाक्लो सिरकमा लुकेकोथियो । गत आईतवार साँझ धर्तिले जाडो पन महसूस गराईरहेको थियो । वुलविच क्षेत्र र आसपासमा वस्ने नेपालीहरु सुकसुकाउदै ट्रामशेड थेटर तर्फ पाईलावढईरहेका थिए ।
थेटरको मूल गेटमा तीन जना वहिनीहरु मिरा राणाको सांगीतीक सिडि संग्रहका चक्काको पसल थापेका थिए । उनीहरुले सिडी संगै हल भित्र जाने टिकट पनि वेचिरहेका रहेछन् । गेट भित्र प्रवेश गर्नासाथ एउटा छुट्टै माहोल देखिन्यो ,लाग्थ्यो यहाँ कुनै समाहरोह हुदैछ । हलको आगाडी पट्टीको भित्तमा ठुला र चहकिला अक्षरमा ईनास युके सुमधुर साँझ २०१७ मिरा राणा मेलोडी नाइट लेखिएको थियो । ईनासको अर्थ भने अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज युके रहेछ ।
आगन्तुकहरु हल वाहिर गफिदै तात्तातो चिया या कफी पिउनमा मस्त देखिन्थ्ये कलाकारहरु अफ्ना चाजो पाजोमै तल्तिन देखिन्थे पत्रकारहरु फोटा खिच्नमै वेस्त थिए,आयोजकहरु कार्यक्रम सुरुगर्ने ध्यवन्नामै थियो । हेर्दा हेर्दै कार्यक्रम हल दर्सकहरुले खचाखच भरियो हल यसरी भरियोकी दर्सकहरु पछाडी उभिन वाध्यभए ।
एकैछिनमा ईनासका उपाध्यक्ष प्रमोदराज न्यौपानेले कार्यक्रमको उद्घोष गरे, हल शान्त भयो ।
उद्घोषकले नेपाली सांगीतीक आकासकी चन्किलि नक्षेत्र वरिष्ठ कलाकार सुमधुर स्वरकी धनी गायीका मिराराणाको परिचय गराउदै स्वरसंराट नारायण गोपाल ,गोपाल योन्जन,तारा देवी,अरुणा लामा आदी कलाकारहरुको पंक्ती मिरा राणा विना अपुरो हुने वताए । लन्डनमै वस्दै आएकी सर्मीला वर्देवाले मिरा राणाको संझनामा उन्कै गीत गायर स्वगत गरिन । उद्घोसकले सिंगो स्टेज मिराराणालाई प्रदान गरे मिराराणाले आफ्ना गुरु गोपाल योनिजनको संझनामा वनेको पहराले योछाती मेरो वोलको गीत प्रस्तुत गरिन दर्सक दृघा स्तव्ध वन्यो सवैका शिरका रौं ठाडा भए देशको मायाले मन भरीयो,गीतले मूटु ढक्क फुल्यो ।सवैले एकै छिन आफ्नो प्यारो देशको संम्झना गरे ।
जन्म ठाऊँको पाखा पखेरा घुमेको महसूस गरे जसै गीत रोकियो सिंगोहल तालिको गड्गडाहटले गुंजयमान भयो ,वन्समोर वन्समोरको आवाजले हल जुरुक्क जुरुक्क उचालियो । यसै गरी मिरा राणाले ५३ वर्षको गलाले २५ वर्षको सुरिलो स्वर निकाल्दै गईन् दर्सकहरुले ताली ठोक्दै गए हल रनक्क रन्क्क तातीरहयो मिराराणाले गीत गाउदै गइन दर्सकहरु गीतमा झुम्दै गए । गायीका राणाले यसै गरि दर्जन वढी सांगीतीक कोसेली प्रस्तुत गरिन । गीत गाएर न गायीका थाकिन नत गीत सुनेर दर्सकनै थाके वरु समयले नेटो काटे पछि थाहा भयो कार्यक्रम सकिएको ।
कायर्कमा नाम्लो व्याण्डका गंगा थापाको र दीपक थापाको पनि प्रस्तुति थियो । सर्मीला वर्देवाले र प्रमोदराज न्यौपानेले गायीका राणालाई सघाए । यहीमेसोमा मिराराणाका कान्छा छोरा शिशिर जंगराणाले आफ्नी आमाले गीत नसिकाएको गुनासो पोख्दै गीत गाए भने उनका श्रीमान उदय राणाले आफ्ना पुराना दिनहरु सम्झीए अलिकलि प्रेमकहानी पनि सुनाए ।
मनिस श्रेष्ठ र प्रमोदराज न्यौपाने द्वयले संचालन गरेको उक्त कार्यक्रममा नव कार्यसमितिका पदाधीकारीलाई मनिस श्रेष्ठ र मिराराले प्रमाण पत्र प्रदान गरे
कार्यक्रम सफल वनाउन संगीत संयोजन मुकेश गजमेर ,विश्व साही,गंगा थापाले गरेका थिए। ध्वनिमा हेम विस्ट ,हल व्यवस्थापनमा मनिस श्रेष्ठ,शुशील प्रजापति,विनोद चिपालु , टिकट पोस्टर डिजाईन तथा प्रविधीमा प्रकास महर्जन(अभी) सहयोगीहरु विनुलिम्वु तथा असिम गुरुगं त्यसै गरी अनु श्रेष्ठ,आशिस श्रेष्ठ र आयुषा श्रेष्ठले नेपाली खानाको व्यवस्था गरेका थिए ।
गुण देव घिनिरे कुसल श्रेष्ठ,प्रकाश महर्जन तथा कृष्ण देवकोटाले फोटो भिडियो र मिडियामा सहयोग गरेका थिए । समाजकी अध्यक्ष रजनी सुनुवारले कार्यक्रम सफलवनाउन तन मन र धन लगाएर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भयो ।
– कृष्ण देवकोटा