१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री दाहाल बेइजिङमा, सोमबार राष्ट्रपति सि जिन पिङसँग भेट

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार १४:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्नुहुनेछ । आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस्तै, सोमबार उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज विहान एशियाका लागि बोआओ मन्चको बार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट आजै बेइजिङ पुग्नुभएको हो ।