१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहको चुनाव लाग्यो महिला संघ चितवनलाई

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार १४:४१

चितवन । नेपाल महिला संघ भरतपुर १२ ले शनिबार वडाका क्रियाशील महिला कार्यकर्तासँग भेटघाट गरेको छ । स्थानीय निकायको निर्वाचन नजिकिंदै गर्दा आयोजित कार्यकर्ता भेलाले महिला नेतृत्वलाई अघि बढाउन अभिमुखिकरण समेत गरेको छ । कार्यक्रममा नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाहले राज्यले व्यवस्था गरेको ४० प्रतिशत महिला नेतृत्वलाई सार्थक बनाउन सबै जुट्नुपर्ने बताइन् ।
वैशाख ३१ गते निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्दै कांग्रेसका जो उमेद्वार आए पनि जिताउन एक हुनुपर्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व नगर सभापति मिलनबाबु श्रेष्ठले इतिहासदेखि नै जनताको हक अधिकारलाई सम्बोधन गर्दै आएको पार्टी कांग्रेस अबको दिनमा पनि देश र जनताको पक्षमा काम गर्ने बताए ।
अबको चुनावमा कांग्रेसलाई बहुमतको पार्टी बनाउन चुनावी अभियानमा होमिने बेला आइसकेको उनले जोड दिए । कार्यक्रममा नेपाल महिला संघ क्षेत्रीय सभापति पवित्रा केसी, वडा नम्बर १२ का बुथ सभापति सोमनाथ अधिकारी, पूर्व बुथ सभापति अर्जुन रिजाल, नेपाल महिला संघ वडा नम्बर १२ की उपाध्यक्ष पार्वती शर्मा लगायतले मन्तव्य राखेका थिए ।
नेपाल महिला संघ वडा नम्बर १२ की अध्यक्ष शारदादेवी खड्काको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा सहभागी महिलाहरुले कांग्रेसलाई बहुमतको पार्टी बनाउन चुलो चौको भन्दा बाहिर निस्केर चुनावमा जुट्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा करिव ४ सय जना महिला तथा कांग्रेस चितवनका क्रियाशील नेता तथा कार्यकर्ता सहभागि भएको सचिव कविता भन्तना भूषालले जानकारी दिइन् ।