८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार ०६:५९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आजवाट शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने गरि २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने र विभाग प्रमुख तोक्ने तयारी गरेका छन् ।
लामो समयपछि बस्न लागेको केन्द्रिय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी नेतृत्वले राम्रो काम गर्न नसकेको भन्दै प्रश्न उठाउने तयारी गरेको छ । महाधिवेशन भएको एक बर्ष पुगे पनि सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति गर्न सकेका छैनन । साथै केन्द्रिय विभाग, कार्यसम्पादन समिति, संसदीय समिति गठन पनि हुन सकेको छैन । यि विषयलाई बैठकमा उठाउने पौडेल समूहको तयारी छ । अतिरिक्त न्यायाधीश, प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिमा पार्टीभित्र छलफल नभएकोमा पनि पौडेल पक्ष आक्रोशित छ । आजको बैठकमा पौडेल पक्षले यी आक्रोस पोख्ने तयारी गरेको बुझिएको छ ।