१५ चैत्र २०८०, बिहीबार
Follow Us

खुमबहादुरले दर्ता गराए हिन्दू राष्ट्रको प्रस्ताव, केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार १५:१२

काठमाडौं । आज आइतबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले भने अलग अलग प्रस्ताव दर्ता गराएका छन् । खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । धर्मनिरपेक्ष खारेज गरि नेपाललार्इ सनातन हिन्दुरास्ट्र कायम गर्ने विषयमा विधिवत निर्णय गरियोस भन्ने प्रस्ताव खड्काले दर्ता गराएका हुन् । कोइरालाको प्रस्तावमा भने एमालेलाई हेर्ने कांग्रेसको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पार्टीलाई संस्थागत संरचनाबाट संचालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
बैठकले स्थानीय निर्वाचन परिचालन समिति, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्डबारे पनि टुंगो लगाउनेछ । त्यस्तै प्रादेशिक संरचना अनुसार पार्टीको संरचना बनाउन विधान संशोधनपछि महासमिति बैठकबाट पारित हुने गरी अहिले नै गर्ने प्रस्ताव गरिएको छ । बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेशी दलहरुसँग सहमति नजिक पुगेको जानकारी गराएको केन्द्रीय सदस्य रमेश् रिजालले जानकारी दिए ।
बैठकमा प्रस्तुत प्रस्तावहरु र देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र बहादुर सिंह (लामा) तामाङले आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसम्पादन समिति गठन
नेपाली कांग्रेसको नियमावली २०६८ को नियम १४ बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति देहाय बमोजिम गठन गरिएको छ ।
१. शेरबहादुर देउवा — अध्यक्ष
२. रामचन्द्र पौडेल — सदस्य
३. शशांक कोइराला — पदेन सदस्य
४. सीतादेवी यादव — पदेन सदस्य
५. प्रकाशमान सिंह — सदस्य
६. कृष्णप्रसाद सिटौला — सदस्य
७. गोपालमान श्रेष्ठ — सदस्य
८. बिमलेन्द्र निधि — सदस्य
९. कुलबहादुर गुरुङ्ग — सदस्य
१०. खुमबहादुर खड्का — सदस्य
११. चित्रलेखा यादव — सदस्य
१२. पूर्णबहादुर खड्का — सदस्य
१३. डा. रामशरण महत — सदस्य
१४. अर्जुननरसिंह के.सी. — सदस्य
१५. बलबहादुर के.सी. — सदस्य
१६. महेश आचार्य — सदस्य
१७. नरहरि आचार्य — सदस्य
१८. प्रदिप गिरी — सदस्य
१९. बालकृष्ण खाँण — सदस्य
२०. ज्ञानेन्द्रबहादुर कार्की — सदस्य
२१. रमेश रिजाल — सदस्य
२२. डा. नारायण खड्का — सदस्य
२३. डा. मिनेन्द्र रिजाल — सदस्य
२४. डा. प्रकाशशरण महत — सदस्य
२५. फरमुल्लाह मंसुर — सदस्य
२६. मानबहादुर विश्वकर्मा — सदस्य
२७. सुजाता कोइराला — सदस्य
२८. दिलेन्द्रप्रसाद बडू — सदस्य
२९. एन.पी. साउँद — सदस्य

२. पार्टीका ४२ वटा केन्द्रीय विभागहरु कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय गरियो ।
३. नेपाली कांग्रेसका नेता श्री रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने ।
४. नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन गर्ने ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७३ चैत्र १४ गते सोमबार विहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।