१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार १५:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उद्घाटन गर्दै चारवटा सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सकिने बताए । उनले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो भएको स्पष्ट पारे ।
चीन–काठमाडौं थप हवाई सेवा विस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए । प्रधानमन्त्री दाहालले भूकम्पपछि अवरुद्ध तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ नेतृत्वलाई आग्रह गरे । उनले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्नसमेत आह्वान गरे ।
बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री दाहालले ग्रेटवाल अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ राष्ट्रपति सिन चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चीन भ्रमण सकेर प्रधानमन्त्री दाहाल नेतृत्वको टोली १६ गते स्वदेश फर्किनेछ ।