७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बहराइनको सभापतिमा गुरुङ

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:४७

बहराईन । हिजो मिति 24/03/2017 अर्थात चैत्र ११ गते २०७३ को दिन बहराइनमा नेपाली काङ्ग्रेस सम्बद्ध प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति बहराइनको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

पुरानो कार्यसमिती लाई विघटन गरि १९ सदस्यीय नयाँ कार्यसमिति चयन सगै कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रम जनसम्पर्क समिती बहराइन का तत्कालीन सभापति शेर बहादुर रावत को सभापतित्व एवम नेपाल बाट पाल्नु भएका नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य एवम साम्सद चन्द्र भन्डारी को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो। त्यस्तै गरेर कार्यक्रममा बिशेष अथितिको रुपमा विद्यार्थी आन्दोलनका शसक्त जुझारु युवा नेता तथा नेबि संघ महामन्त्री कुन्दनराज काफ्ले, नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, जन सम्पर्क समिति साउदी अरवका संरक्षक राजु शैयद र बहराईनमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम का प्रमुख आकर्षण बनेका साम्सद भण्डारी ले अमेरिका बन्नु भन्दा ८ बर्ष अघि बनेको हाम्रो देश नेपाल राजनीतिक खिचातानी का कारण बिकास हुन नसकेको तर्क गर्नु भएको थियो।

साथै उहाँले वैदेशिक रोजगारी मा रहेका लाखौं नेपाली हरुको पैसालाइ नेपाल मा एउटा लेबर बैंक खोलेर सरकार ले लगानी सुरक्षा को जिम्मेवारी लिन सक्ने गरि विभिन्न क्षेत्रमा लगानी गरेर देश बिकास गर्न सकिने र त्यसको लागि सरकारले छिट्टै नै पहल चाल्ने कुरा पनि बताउनु भयो।

साथै उहाँले नेजस बहराइन का नव निर्वाचित सदस्य हरुलाइ शुभकामना साथै परदेश मा रहेर परदेशी नेपाली हरुको हित मा काम गर्न पनि सुझाउनु भएको थियो। यसै गरि विशेष अतिथि युवा नेता , नेबि संघ महामन्त्री कुन्दन काफ्ले , जन सम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, नेजस साउदिका संरक्षक राजु शैयद ले नयाँ कार्य समितिलाई शुभकामना दिदै अाफ्नो मन्तव्य राख्नु भएको थियो

ज्ञात अज्ञात सहिद हरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै शुरु भएको उक्त कार्यक्रम बर्तमान महामन्त्री सुर्य थापा ले सन्चालन गर्नु भएको थियो । एकजना उपसभापति र प्रवक्ता अनि तिनजना सदस्य सभापतिबाट पछि मनोनीत गरिने गरि पदम सुन्दर गुरुङ लाई सभापति मा चयन गर्दै कार्यक्रम को समापन भएको थियो।

नेजस का नयाँ कार्यसमिति निम्नानुसार छन :-

सभापति – पदम सुन्दर गुरुङ
उपसभापति – रबि पुडासैनी
उपसभापति – शंकरमान गुरुङ
महामन्त्री – सुर्य थापा
सहमहामन्त्री – अनिल श्रेष्ठ
सहमहामन्त्री – माधब हरी पाण्डे
सहमहामन्त्री – रामु खनाल
कोषाध्यक्ष – बिष्णु भुजेल
सह-कोषाध्यक्ष – दिया मल्ल
केन्द्रिय सदस्य -आसिम महत
” ” -दीपेन्द्र कुवर
” ” – उमा पौडेल
” ” – धनन्जय जोसी
” ” – राजु भन्डारी
” ” – अशोक तामाङ
” ” – प्रकाश पाठक
” ” – मिना नेपाली “रिजास”
” ” – राजु बागदास
” ” – दिपक बिस्वकर्मा