१२ बैशाख २०८१, बुधबार
Follow Us

रेडिङ नेपाली समाजको अध्यक्षमा न्यौपाने सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:५६

रेडिंङ । ग्रेटर रेडिंङ नेपाली समाज एसोसिएसनको (GRNCA) हिजो सम्पन्न नवौ साधारण सभाले कृष्ण प्रसाद न्यौपानेको अध्यक्ष्यतामा २५ सदस्यीय कार्यसमिती निर्बिरोध निर्वाचन गरेको छ। कार्य समितीमा महिला सामान्यकर्ता उपाध्यक्ष्य का साथै छ जना उपाध्यक्ष्य रहने नयाँ ब्यबस्था गरिएको छ। साधार सभामा धेरै जना उपाध्यक्ष्य चयन गरिएकोमा कतिपय सदस्यहरुले नेपालमा जस्तै पदलोलुपताको रोग समाजमा पनि परेकोमा ध्यानाकर्षण गराएका थिय। सबै समुह र बर्ग लाई समेटन र मेल मिलाप का साथ समाज अघी बढन सकोस र समाजले आफ्नै भवन खरिद लगायतका कार्यक्रम सम्पन्न गर्न सकोस भन्ने उद्देश्यलेको उपाध्यक्ष्य पद बढाइएको बताईएको छ । महिला सामान्यकर्ता जस्तै अन्य लाई पनि बिभिन्न क्षेत्र को सन्योजन को जिम्मेवारी आगामी बैठकमातय गरिने बताईएको छ ।

जस अनुसार उपाध्यक्षमा सुशिला गुरुङ, यादव श्रेष्ठ, नवराज न्यौपाने, भिमसेन खड्का, दिपक गुरुङ, धन बहादुर राना मगर गरि ६ जना, महासचिबमा ओमकार अधिकारी, सचिबमा इमान सिंग राई, कोषाध्यक्षमा टेक बहादुर गुरुङ तथा सह कोषाध्यक्षमा चेत रेगामी चयन भए भने सदस्यमा दुई जना महिला सहित १४ जना मनोयन भएका छन । जसमा दुर्गा ढकाल, कल्पना पण्डित, करुण अधिकारी, खेम बहादुर थापा, तुल बहादुर गुरुङ्, होम बहादुर राना, सरोज थापा, नवराज पराजुलि, सिद्धान्त घिमिरे, बिक्रम श्रेष्ठ, लाल बहादुर गुरुङ्, गोबर्धन राई, कृष्ण प्रसाद आचार्य र योग राज लिम्बु रहेका छन् । समितिको कार्यकाल आगामी दुई बर्षका लागि हुनेछ ।

महिला र युवा हरुको सन्ख्या कार्य समितिमा कमी रहेको पनि सो अबसरमा औल्याईेएको थियो। नब निर्बाचित अध्यक्ष्य न्यौपाने तथा समाजको निब्रित अध्यक्ष्य मान बहादुर गुरुङले सो बिषयमा आफ्नो सहमती रहेको र आगामी कार्य समिती ले सुधार गर्दै जाने अश्वासन दिनु भएको थियो।

नेपाली समाज सन् २००१ देखिनै रेडिंङ क्षेत्रका सम्पूर्ण नेपाली हरुको लागि गठित च्यरिटी सामाजिक संस्था हो । यो समाजले नेपालमा भुकम्प बाट भत्केको स्कुल निर्माणका साथै नेपाली समाजमा बिभिन्न नेपाली सांस्कृतिक चाडपर्ब कार्यक्रम, परम्परा प्रबर्धन का साथै नेपाली कक्ष्या, योगा, नेपाली चाडबाड, फुट्वल र अन्य स्वास्थ्य प्रबर्दन कार्यहरु गर्दै आएको छ।

समुद्घाटन, बन्दसत्र र बिधान संसोधन गरि तिन चरणमा विभाजित सो सभामा प्रमुख अतिथि रिटाएर्ड लेप्टेन जस बहादुर गुरुङ तथा अध्यक्ष मान बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर समुद्घाटन गर्नु भएको थियो भने रेडिंङमा विद्यमान विभिन्न सामाजिक संस्था हरुका प्रतिनिधिहरु को साथै समाजका उल्लेख्य रुपमा शहभागीता रहेको थियो। कार्यक्रम समाजका महासचिब ओमकार अधिकारीले संचालन गर्नु भएको थियो । त्यसपछि बन्दसत्रमा महासचिब अधिकारीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक गुरुङले आर्थिक विवरण प्रस्तुत संचालन गर्नु भएको थियो ।

हिजो भएको महाधिबेशनको अध्यक्षता मान बहादुर गुरुङले गर्नु भएको थियो भने निर्वाचन समितिको संयोजन पुर्ब अध्यक्ष तथा सल्लाहकार महेस गुरुङले गर्नु भएको थियो । सो निर्वाचन समितिमा अर्जुन बस्नेत, दधीराज घिमिरे, बेद लावती तथा राजेन्द्र श्रेष्ठ रहनु भएको थियो। नवगठित कार्यसमितिलाई संयोजक गुरुङको समितिले बधाई दिदै विधिवत रुपमा सपथग्रहण गराईयो । कार्यक्रमको अन्त्यमा नवनिर्बाचित कार्यसमितिको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले सबैलाई धन्यबाद दिदै आफ्नो समितिले आगामी कार्यकाल फलदाई रुपमा पुरा गर्ने प्रण गर्नु भएको थियो । अन्त्यमा सभाका अध्यक्ष मान बहादुर गुरुङले महाधिबेशनलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै सभालाई समापन गर्नु भएको थियो भने निर्बाचन समितिका संयोजक गुरुङले पनि नयाँ कार्यसमिति चयन गर्ने क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिदै सो समिति बिघटन भएको गर्नु भएको थियो। नेपाल अध्ययन केन्द्रका अनुसार बेलायतमा १ लाख भन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ भने रेडिङमा ५ हजार भन्दा बढी रहेको विश्वाश गरिन्छ।