१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्कटल्याण्डमा जीगिषा

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०८:४२


कृष्ण देवकोटा ।
ग्लास्गो । बेलायतको विभिन्न क्षेत्रमा सफल मन्चन हुँदै आइरहेको नाटक जीगिषा जित्ने ईच्छा आगामी २७ मार्च साँझ ६ बजेबाट स्कटल्याण्डको एडिन्व्रघमा देखाईने भएको छ ।

नाटक नेप्लिज युथ क्लवको आयोजना तथा हिमालयन सेन्टरको सहयोगार्थमा हुन लागेको हो ।

रोक्सी थेटरमा हुनलागेको उक्त नाटक प्रदर्सन गराउन व्यापक तयारी भैरहेको र ठूलो संख्यामा दर्सकहरुको उपस्थिति रहने आशावादी रहेको आयोजकले जनाएको छ ।

स्कटल्याण्डका विभिन्न क्षेत्रवाट नेपाली दर्सकहरु नाटक हेर्न आउने छन् । ग्लास्गो संयोजक सागर खत्री पनि जिगिसाको प्रचार प्रसारमा लागीरेहेको र ग्लास्गोवाट लगभग सय जनाको संख्यामा दर्सकहरको उपस्थिती रहने र नाटक हेर्न जानको लागि बस बुकिङग भइसकेको पनि बताए ।

सनम कुमार वैरागद्वारा लिखित तथ निर्देसीत उक्त नाटकमा धुर्व दत्त, सुरेश श्रेष्ठ,प्रसुना कंडेल,सुस्मिता थापा र अतिथिकलाकारमा मनिस श्रेष्ठ रहेका छन् भने निर्माण तेन्जिगं पाख्रिन र दिल घलेले गरेका हुन् ।

फस्ट एजुकेट नेपाल यूके ९फेन० को यो नाटक दोस्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ पनि सफल मानिएको थियो ।
नाटक पछि स्थानीय कलाकारहरुको गायन तथा तृत्य समेत प्रस्तुत गरिने जानकारी कार्यक्रम संयोजक विजय डंगोलले जनाए।