१३ बैशाख २०८१, बिहीबार
Follow Us

लेटर प्याड दुरुपयोग नगर्न एनआरएनको चेतावनी

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार १०:४२

लन्डन । गैरआवासीय नेपाली संघले आफ्ना पदाधिकारीहरुलाई संघको लेटर हेड प्रयोग गर्नु भन्दा पहिला गैरआवासीय नेपाली संघको सचिवालयसंग समन्वयन गर्न भनेको छ। संघका महासचिव डा. बद्री केसीले आइतवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीसंघ सम्बन्धी आधिकारिक तथ्यांकहरुसंघको लेटर हेडमा सम्प्रेषणगर्नु पूर्व आइसिसिका महासचिवा सचिवालयसंगसमन्वय गरेरमात्र सम्पेषणगर्नको लागिअन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्णपदाधिकारी र सदस्यहरुलाई जानकारी गराएका छन् । यसअघि गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आफ्नो अनुकुल हुने गरी संघको लेटरप्याडको दुरुपयोग गरे पछि विवादमा तानिएका थिए ।
IMG_4409
त्यस्तै महासचिव केसीले गैरआवासीय नेपालीसंघ अमेरिकाको स्थापनाको बिषयमा भएको विवाद समेत अन्त्य गर्दै एनआरएन अमेरिकाको गठन २१ जनवरी २००६ देखी विधिवत रुपमा भएको प्रष्ट पारेका छन् ।
पत्रमा गैरआवासीय नेपाली संघ सचिवालयमा रहेको गैरआवासीय नेपाली संघ तथा गैरआवासीय नेपाली संघ सम्बन्धी बैधानिक र कानुनी दस्तावेज २००३–२०१३ अनुसार अमेरिका क्षेत्र अन्तर्गत पर्ने राष्टिय समन्वय परिषद्–युएसए २१ जनवरी २००६ देखी विधिवत रुपमा गठन भई अन्तर्राष्ट्रिय समन्वय परिषद्संग आबद्ध रहेको उल्लेख गरिएको छ ।