१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकामा एनआरएन अर्बपतिहरुको भेला हुदैं

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०७:०४

न्युर्जसी(अमेरिका)- नेपालका तीनै जना अर्बपति आउने महिना अमेरिकाको न्यूजर्सीमा आयोजना हुने एनआरएन भेलामा सहभागी हुने भएका छन् ।

आउने अगष्ट २७ र २८ मा हुन न्युयोर्क नजिकै हुन लागेको उक्त नवौँ एनआरएनए क्षेत्रीय सम्मेलनमा नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी विनोद चौधरी, रसिया, नेपाल लगायतका देशमा अरर्वौको व्यापार व्यवसायमा संलग्न उपेन्द्र महतो र अष्ट्रेलियाका एक सय जना धनीहरुको सुचीमा परेको शेष घले सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।

महतो एनआरएनएका संस्थापक अध्यक्ष र घले वर्तमान अध्यक्ष हुन् । अमेरिकाका लगायत विश्वका विभिन्न देशमा व्यवसाय विस्तार गरिरहेका चौधरीलाई भने मेलामा मुख्य व्यक्ताका रूपमा आमन्त्रण गरिएको हो । उक्त भेलामा विश्वभर छरिएर रहेका गैर आवसिय नेपालीको सहभागिता हुने छ । एनआरएनए अहिले ७० भन्दा बढी देशमा फैलिएको छ । नेपालबाट पनि सरकारका वरिष्ठ अधिकारी र निजी क्षेत्रका व्यावसायिक संघ संस्थाबाट सहभागित हुने कार्यक्रम छ ।

उक्त भेलामा नेपाल र विदेशमा लगानी लगायत विदेशमा बस्ने नेपालीका चासोका विषयमा छलफल हुने आयोजकले बताएका छन् । सहभागी हुन चाहनेका लागि रजिष्ट्रेशन खुला भईसकेको आयोजकले जनाएका छन् ।

नेपालका तीन जना अरबपतिले एउटै कार्यक्रममा सहभागी भई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । नेपालमा सफल भएर विदेशमा व्यवसाय विस्तार गर्ने विनोद चौधरी, विदेशमा आर्जित पुँजी नेपालमा समेत अरबौं लगानी गर्ने उपेन्द्र महतो र शेष घलेलाई एकै ठाउँमा सुन्न पाउनु यो हाम्रो लागि अवसर पनि हो एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने ।

क्यालिफोर्नियामा विभिन्न व्यवसाय गर्दै आएका वासुदेव घिमिरे भन्छन् जब व्यवसायमा सफल र सम्पन्न व्यक्ति एकै ठाउँमा आउंछन भने त्यहाँ सहकार्य र प्रतिस्पर्धाको स्थिति हुन्छ यो समुदाय देश र उनीहरूका लागि पनि फाइदाजनक हो । सहकार्यले संयुक्त लगानीलाई वढावा दिन्छ, प्रतिस्पर्धाले अझ अगाडी जाने उत्साह थप्छ घिमिरे भन्छन् यी दुवैले लगानी बढाउने मात्र होइन रोजगारी बढ्ने हुन्छ ।

एनआरएनए भेलामा सहभागीका लागि के अर्थ राख्छ ? घिमिरे भन्छन् नेपालका तिनै जना अरबपति देश र बाहिर प्रतिकुल अवस्थालाई छिचोल्दै अगाडी बढेका हुन् उनीहरू साना तिनो राजनीति खिजातानीमा अल्झेनन, स्वदेशमा र विदेशमा भए पनि केही गरेर देखाउनुपर्छ भन्ने उद्देश्य लिई अगाडी बढेका हुन् उनीहरूबाट हाम्रो समुदायले सिक्न सक्छ ।

विनोद चौधरी तेस्रो विश्व भनिने गरिब देश नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी हुन् । फोब्र्स पत्रिकामा विश्वका अरबपति सुचीमा पर्ने उनी एक मात्र नेपाली व्यवसायी हुन् । सन् १९८० को दशकमा स्थापना भएको सीजी फ्ड्स वाईवाई चाउचाउ अहिले नेपाल, भारत, अमेरिका लगायत विश्वका कयौँ देशमा बिक्री हुदैं आएको छ । सीजीले वाईवाई उत्पादनका लागि भारत लगायत अन्य देशमा पनि कारखाना स्थापना गरेको छ । नेपालको सबैभन्दा बढी नाफा आर्जन गर्ने नविल बैंकमा पनि चौधरी समूहको हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

चौधरी समूहको लगानीका होटल तथा रिर्सोट भारत, श्रीलंका, मालदिप्स, अमेरिका लगायत विश्वका विभिन्न देशमा सञ्चालनमा छन् । नेपालमा पनि उक्त समूहले पाँच तारे होटल बनाइरहेको छ । अमेरिकाको जोनअफ केनेडी एयरपोर्ट नजिकै रहेको र्याडिसन होटलमा पनि चौधरी समूहको ५० प्रतिशत भन्दा बढी लगानी छ । न्यूयोर्कमा चौधरी समूहको लगानीका अन्य होटल पनि छन् । विनोद चौधरीले केही साता अघि अमेरिका आउँदा अमेरिकामा सीजीको वाईवाईको कारखाना र सिलिकन भ्यालीमा लगानी गर्ने घोषणा गरेका छन् । चौधरी समूह ऊर्जा लगायत पूर्वाधार क्षेत्रका पनि संलग्नको हिमालयनखबर डट कममा समाचार छ ।।

उपेन्द्र महतोको सक्रियतामा एनआरएनए स्थापना भएको हो । उनकै कार्यकालमा एक पटकको नेपाली संधैको नेपाली र नेपालको आर्थिक उन्नतिका लागि नेपाली भन्ने एजेण्डा उठाईएको थियो । महतोले एजेण्डामात्र उठाएनन् आफै उदाहरण पनि बने । उनले नेपालमा बैंक, जलस्रोत, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा अरर्बौ रुपैंया लगानी गरेका छन् । पहिलो एनआरएन सम्मेलनले उठाएको दोहोरो नागरिकताको मुद्दालाई पनि अहिलेको संविधानले स्विकारेको छ । रसियावाट व्यवसाय सुरु गरेका महतोको नेपाल र रसियामा राजनीतिक र सरकारी स्तरमा पनि मजबुत सम्पर्क छ । उनले अहिले रसिया र नेपाल बाहेक अन्य देशमा पनि लगानी विस्तार गरेका छन् ।

शेष घले अस्ट्रेलियाका सय जना धनीको सुची भित्र परेका व्यवसायी हुन् । पुस्तौली घर लम्जुगं जिल्ला भएका घले अष्ट्रेलियाको मेलब्रोन इन्टिज्युट अफ टेक्नोलोजीका प्रमुख हुन् । विकिपिडियामा उनलाई नेपालका तेश्रो धनी भनेर उल्लेख गरिएको छ । घलेको हाल काठमाडौमा पाँच तारे लक्जरी होटल निर्माणधिन छ । यो होटलको लागत १० अर्ब रुपैंया भन्दा बढी हुने उनले बताएका छन् । यसबाहेक जलविद्युत उत्पादनमा पनि घलले लगानी गरेका छन् ।

यस बाहेक सम्मेलनमा एनआरएनएका उपाध्यक्ष भुवन भट्ट लगायत थुप्रै व्यवसायीको सहभागिता हुने छ । जापानमा एक सय भन्दा बढी रेष्टुरेण्ट, पाँच तारे रिर्सोट लगायतका व्यवसाय भएका भटट्ले नेपालमा पनि १ अर्ब रुपैंया भन्दा बढी लगानी गरेका छन् । धुलिखेल माउण्टेन रिर्सोट, कारोबार पत्रिका भट्टका लगानी भएका व्यवसाय हुन् । उनी नेपालमा वियर उत्पादन पनि संलग्न छन् । शिक्षा क्षेत्रमा पनि भट्टको लगानी छ । भट्टको पनि अमेरिकामा केही लगानी छ । अमेरिकामा अझ लगानी बढाउने सोचमा रहेका भट्ट निकट व्यक्तिले बताएका छन् ।