May 29, 2020
5:39 AM | 10:24 AM

एनआरएन केन्द्रिय नेताको मोटो रकम अमेरिकाको निर्वाचनमा लगानी

  27th March 2017 मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिका उपसंयोजक एसी शेर्पा एनआरएन अमेरिकाको अगामी अधिवेसनका लागि आफुले सर्वसम्मत नेतृत्वका लागि पहल गर्ने वताएका छन् । उनले आइतवार एक विज्ञप्तिजारी गर्दै अन्तिम सयम सम्म सर्वसम्मतको पहल जारी राखिने त्यस्तो सहमति हुन नसके निर्वाचनको विकल्प नभएको स्पष्ट पारेका छन् । उनले सामाजिक सन्जालमा आए जस्तो विवाद संघभित्र नरहेको जनाएका छन् ।

 

उनले विज्ञप्तिमा एनआरएन विवाद मिलाउने भन्दै आगामी निर्वाचनमा उम्मेद्धवार बन्न चाहाने केन्द्रीय नेतासंग ठूलो रकम माग गरेको समेत खुलासा गरेका छन् । उनले केन्द्रीय नेताको नाम भने खुलाएका छैनन् । उनले केन्द्रीय नेतासंग मोटो रकम असुल्ने माथि छानवीन गरि कारवाहीको माग समेत गरेका छन् ।

वक्तव्यको पूर्णपाठ

स्पष्ट हुन सबैमा अनुरोध
गैरआवासिय नेपाली संघ विश्वभर ७५ देशमा स्थापित प्रवासी नेपालीहरुको साझा सस्था हो। जुन उदेश्यका साथ यो संस्था स्थापना भयो र हालसम्म यस संस्थाले आफ्नो गरिमामय दायित्व पुरा गरिरहेको यहाँहरुलाई विदितै छ। एनआरएनले आफ्नो कर्तव्यप्रतिको लगनशिलता र ईमान्दारिताले आर्थिक उन्नतिमा नेपाल र नेपालीको आस्थाको केन्द्रविन्दु बन्न सफल भएको छ। चाहे भुकम्पका बेला होस वा लगानीका विषयमा होस मातृभुमिप्रति एनआरएनले खेलेको भुमिका निकै सह्रानीय छ। अझै समृद्ध नेपाल निर्माणमा एनआरएनको भुमिका उत्तिकै आवश्यक पनि छ।

संस्था स्थापनादेखि हालसम्म जसरी तीव्रतर रुपमा संस्थाले सदस्यता सख्यासंगै विश्वासनीयता पनि उत्तिकै बढाउँदै लगेको छ। यसैले होला राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष शेष घलेले एनआरएन अमेरिकाको भुमिका र काममा प्रसंसा प्रकट गर्दै आउनु भएको छ।

त्यहि सिलसिलामा विश्वकै समृद्धशाली मुलुक अमेरिकामा नेपालीहरुको संस्थाहरु बढेसंगै सबैभन्दा अग्रगतिमा नेपाली समुदायमा एनआरएनले आफ्नो गरिमामय उपस्थिति देखाउँदै आएको छ। यसैबेला भर्खरै एनआरएन अमेरिकाको सदस्यता वितरण कार्य सम्पन्न भएको र नयाँ नेतृत्व छान्ने चरणमा प्रवेश गर्दैछ। यहि समय संस्थामा भए नभएका विविध विषयले चर्चा पाएको छ। त्यो चर्चा र विवादका कुराहरुमा म स्वयं यस अमेरिकाज् क्षेत्रको उपसंयोजक (DRC) पदमा रहेको बेला मेरो नामह गासिएर आएकोले मैले केही विषयमा प्रष्ट पार्नु आवश्यक ठान्दै यो वास्तविता सार्वजनिक गरेको छु। हुन त यसै क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाज्यूले पनि यस विषयमा स्पष्ट पारेको नै हो तर पनि सोही विषयमा समर्थन गर्दै मेरो पनि भनाई राख्न चाहन्छु।

स्वाभाविक रुपमा संस्थाको आयतन र माग बढ्दै जाँदा हुने गतिविधिहरु संस्थामा आवद्ध सबैका लागि सधै अनुकुल नहुन सक्छ तर कसैले संस्थाको गरिमालाई नै कुठाराघात हुने गरी कुनै पनि काम गर्दछ भने त्यो संस्थाको अहितमा हुने कुनै पनि काम कारबाही मान्य हुनुहुँदैन। संस्थाको विधानले दिएको अधिकारबाट सबैजना इच्छित व्यक्तिहरु सदस्य बनेका छन त्यसमा अनावश्यक हल्ला गरिरहनु उचित नहोला, संस्थामा गलत कार्य नहोस भन्नका खातिर संस्थाका विकास गरेका मुल्य र मान्यता र गरिमालाई संस्थामा आवद्ध सबैले अक्षरस पालना गर्नु पर्दछ। संस्थामा देखा परेका जे जति विवादका विषयहरु छन त्यसको निरुपण गर्ने संस्थाद्धारा स्थापित विधि विधान र निश्चित मान्यताहरु भएका्ेले सोही अनुसार समाधान हुनेछन भन्ने कुरा विश्वास दिलाउन चाहान्छु।

आखिर बाहिरी हल्ला र सामाजिक सञ्जालमा भनिए जस्तो अनावश्यक काम नत संस्थामा भएका छन नत त्यस्ता हल्लामा भनिएको जस्तो काम गर्ने छुट कसैलाई छ। त्यसैले सबैले सकेसम्म संस्थाको हितका लागि काम गरौ, सकिन्न भने अरुले गरेको काममा बिरेध मात्रै होईन सुझावसहितको समर्थन पनि जरुरी छ। जहाँसम्म मसहित सहभागी भएको एक अनौपचिरक बैठकका नाममा अनवश्यक हल्ला गरियो त्यो आफैमा अध्यक्ष पदका आकांक्षी गौरी जोशीज्यूले खण्डन गरिसक्नु भएको सन्र्दभमा मैले अरु कुरा भन्न जरुरी छैन।

त्यसैले सकेसम्म सर्वसम्मत नेतृत्वका लागि यहि क्षेत्रको उपसंयोजकका नाताले मैले नेतृत्वका लागि आकांक्षी साथीहरुलाई सुझाव दिएको हुँ। अहिले पनि म त्यो मान्यतामा अडिक छु र यदि सर्वसम्मत नहुँदा चुनाव हुने कुरा स्वयमसिद्ध कुरा हुन। अन्यथा प्रचार गरिए जस्तो नत कतै भएकै छ नत मेरो वा हाम्रो संलग्नता नै छ। साथीहरुले बुझ्नुपर्ने महतवपुर्ण कुरा के हो भने आफ्रनो अधिकारको कुरा गर्दा अरुको चरित्र हत्या गर्ने काम बन्द गर्नु पर्दछ।

अर्को महत्वपुर्ण कुरा यहि विवादलाई आधार बनाएर केहि स्वार्थी व्यक्तिहरुले आईसिसिमा उम्मेदवार हुन चाहानेहरुबाट अमेरिकाको विवाद मिलाउने भन्दै मोटो रकम माग गरेको भन्ने जस्ता कुरा समेत सुनिन आएकोले त्यस्ता व्यक्तिलाई छानवीन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ।

अमेरिका विश्वकै एनसिसिभन्दा सख्यात्मक हिवासले ठुलो रहेर पनि आन्तरिक विवादका कारण आईसिसिमा प्रतिनिधित्व गर्न नसक्नुमा यस्ता आन्तरिक विवाद मुख्य दोष हुन जान्छ। यसकारण पनि हामीले एकता र आन्तरिक एकतालाई बलियो बनाउदै लैजानु जरुरी छ। अन्यथा संस्थामा हामीले चाहाना गरेको उपलब्धि हात नलाग्न सक्दछ।
त्यसैले संस्थालाई संस्थाकै रुपमा निरन्तर गतिशिल बनाउन यस्ता केहि गलत हल्लाको पछाडी नलागी आगामी नयाँ नेतृत्व छान्ने कुरालाई सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्दै सस्थालाई सस्थागत बनाउन सबैको उत्तिकै महत्वपुर्ण भुमिका हुने भएकोले सहयोगको अपेक्षा गर्दछु। साथीहरुलाई संस्थाको मुल्य मान्यता र विधि विधान अनुसार काम गर्न र गराउनसमेत यसै विज्ञिप्तिमार्फत अग्रह गर्दछु ।

एसी शेर्पा
क्षेत्रिय उपसंयोजक, अमेरिकाज् क्षेत्र
२६ मार्च, २०१७

प्रतिक्रिया