१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आरआर क्याम्पसमा झडप

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार ०७:२७

काठमाडौं । स्ववियू निर्वाचनलाई लिएर काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा तनाव भएको छ । निर्वाचनको पक्ष र विपक्षमा रहेका विद्यार्थीबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही विद्यार्थी घाइते भएका छन् । आरआर क्याम्पसमा स्ववियू पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ । नेविसंघका उत्तम साउद र अनेरास्ववियुका तपेन्द्रबहादुर शाही प्यानलसहित प्रतिस्पर्धामा छन् । निर्वाचन प्रक्रियामा सहभागि नगराईएको भन्दै माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले भने निर्वाचन बहिष्कार गरेको छ । विद्यार्थी संगठनको विवादका कारण फागुन १८ हुनुपर्ने मतदान २२ गतेका लागि सारिएको थियो । तर, स्थानीय प्रशासनले स्थानीय तहको निर्वाचन आचार–संहिताको कारण देखाउँदै सो दिनको मतदान पनि स्थगित गरेको थियो ।सर्वोच्च अदालतले निर्वाचन गराउन आदेश दिएपछि आज मतदान भएको हो ।