१५ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्र बैंकमा दुई सञ्चालक खाली, काम कारबाही प्रभावित

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार ०७:४७

काठमाडौं । देशको ढुकुटी सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकमा सञ्चालक नियुक्ति नहुँदा काम कारबाही नै प्रभावित हुँदैछ भन्दा धेरैलाई प्रत्यार नलाग्ला, तर भोलि बुधवारदेखि सञ्चालकको अभावमा नेपाल राष्ट्र बैंकको नियमित काम कारबाही प्रभावित बन्दैछ । नेपाल राष्ट्र बैंकमा दुई सञ्चालक पद रिक्त हुने भएपछि यस्तो अवस्था आएको हो । राष्ट्र बैंकमा नयाँ सञ्चालकको नियुक्ति नभएसम्म बुधवारदेखि बोर्ड बैठक बस्न सक्दैन । आज मंगलबारदेखि संचालकद्वय डा. श्रीराम पौडेल र डा. रामहरि अर्यालको कार्यकाल सकिदैंछ भने अर्का एक संचालक निलम्बनमा परेका छन् ।
गर्भनरसमेत सात जनाको बोर्ड सञ्चालकमध्ये तीन जना बाहिरिएपछि बैठकको कोरम पुग्दैन । अहिलेकै अवस्थामा पनि नियमित बैठक बस्नका लागि कम्तीमा एकजना नभइ बोर्ड बैठक बस्न नसक्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । सहप्रवक्ता पण्डितका अनुसार नेपाल राष्ट्र बैंक नयाँ संचालक नियुक्ति नभएसम्म भोलि अर्थात् १६ गते पछाडि सञ्चालक समितिको बैठक बस्न सक्दैन । राष्ट्र बैंकको हप्ताको दुई दिन नीति नियम निर्देशन जारी गर्ने, विनियमावली बनाउने, मर्जरका निर्णय गर्ने, मौद्रिक नीति, संस्थाकै संगठनात्मक र बजेटका निर्णय गर्न सञ्चालक समिति नियमित बैठक बस्ने गर्दथ्यो ।
दुई हप्ता अगाडि नै नियुक्ति हुनुपर्नेमा पद रिक्त भइसक्दा पनि नयाँ सञ्चालक नियुक्ति ढिलो हुदाँ नियमित कायकारवाही नै प्रभावित हुने भएको छ । सहवक्ता पण्डितका अनुसार हाल राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थसचिव र अन्य तीन जना सञ्चालक रहने गरेका छन् ।
सीता पोखरेल