१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा धार्मिक यज्ञसहित नयाँ वर्ष मनाइने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार १४:३८

लण्डन । वेस्ट लण्डनको मुटु मानिने साउथहलमा भव्य धार्मिक समारोहको आयोजना गरी नेपाली नयाँ वर्ष मनाउने तयारी भएको छ ।
बेलायतमा रहेर धार्मिक अनुष्ठानमा सहभागी हुँदै आएका प्रायः सबै पण्डितहरूको सहभागितामा साउथहलस्थित विश्वहिन्दू मन्दिरमा सामूहिक सत्यनारायण पूजा तथा प्रवचन कार्यक्रम गरी मनाउन लागिएको उक्त नयाँ वर्ष उत्सवमा सहभागी हुन सबै इच्छुक नेपालीहरूमा आग्रह गरिएको संयोजक चिरन्जीवी ढकालले बताउनुभयो ।

कार्यक्रम खुला प्रकृतिको रहेको हुनाले इच्छुक सबैले कर्ताका रूपमा, दर्शक या भक्तालुका रूपमा सहभागी हुनसक्ने पुरोहित दुर्गा पोख्रेलजीले बताउनुभयो ।

कार्यक्रम नयाँ वर्षका दिन अर्थात आगामी अप्रिल 14, शुक्रवारका दिन हुनेछ ।

कार्यक्रम:
सत्यनारायण पूजा अाराधना तथा कथा
धार्मिक प्रवचन
नयाँ वर्षको महत्त्व
भजन कीर्तन
१६ वर्ष मुनिका वाल वालिकाद्वारा कविता, धार्मिक नृत्य तथा चित्रकला प्रदर्शन ।

मिति: शुक्रबार १४ अप्रिल २०१७
समय: बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म
स्थान : Vishwa Hindu Mandir
2 lady Margaret Road
Southall UB2 4DA
सम्पर्क :
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण ‘गाउँले’ 07916733773
पं. शेखर काफ्ले 07402945383
पं. चिरञ्जीवि ढकाल 07946599795