१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा भूतपूर्व सैनिक संघ र सत्याग्रह संघर्ष समितिबीच कार्यगत एकता

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार १५:५६

लन्डन । भूतपूर्व गोर्खा सैनिकमाथि बेलायत सरकारले गरेको अन्यायविरुद्ध संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र सत्याग्रह संघर्ष समितिबीच सहमति भएको छ । गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सय वर्षसम्म बेलायतद्वारा गोर्खाहरुप्रति भएको रंगभेद, अन्याय, अपमान र असमानतापूर्ण व्यवहारको अन्त्यको लागि शीर्ष गोर्खा संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को बुँगत मुद्दाहरु सम्पूर्ण गोर्खाहरुको प्रतिनिधिमूलक मुद्दा भएकाले उक्त बुँदाहरु लिपिबद्ध गरी निर्णयक वार्तामा प्रस्तुत हुने र भविष्यमा हुने सबै प्रकारका अभियान, आन्दोलन र आवश्यक गृहकार्य अनि गतिविधिमा सहकार्य, सहमति, समझदारी र कार्यगत एकता गरी अगाडि बढ्ने भनी सहमति भयो ।’

17579971_10154344960213639_1012928366_n