८ बैशाख २०८१, शनिबार
Follow Us

साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार ०८:४०

लन्डन । आर्थिक संकट झेलिरहेको १०५ वर्ष पुरानो संस्था साझा प्रकाशन बचाउन बेलायतस्थित नेपाली स्रष्टा सक्रिय भएका छन् । साझा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मा साक्षी राखेर बेलायतका नेपाली साहित्यानुरागीहरुले साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन गरेका हुन् ।

लन्डनस्थित नेपाली दूतावासमा भएको छलफलपछि राजदूत दुर्गाबहादुर सुवेदी(दुबसु क्षेत्री) संरक्षक रहने गरी साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा मञ्च गठन गरिएको हो । उक्त मञ्चमा बेलायतमा रहेका प्रमुख नेपाली साहित्यिक संस्थाका प्रतिनिधि आबद्ध छन् । मञ्चका सदस्यहरुमा जयालक्ष्मी राई, सुरेशजंग शाह, विश्वासदीप तिगेला, सुमलकुमार गुरुङ, रुपक श्रेष्ठ, सुमाया राई, भावना परिस्कृत सुनुवार, देवेन्द्र खेरेस, दुर्गाप्रसाद पोखरेल, सोहन घिमिरे, लारा राई, गोपी सापकोटा र कृष्ण बजगाईं छन् ।