१३ बैशाख २०८१, बिहीबार
Follow Us

केन्द्रीय सदस्यका पत्नी बुहारीप्रति दुव्र्यवहार गरेकामा’ आपत्ति

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार ०९:३३

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य सुमन प्याकुरेलका पत्नी ज्योति र बुहारी रक्तिमज्योतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गालीगलोज तथा दुव्र्यवहार गरेको भनी आपत्ति जनाएको छ ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको प्रेस विज्ञप्तिमा मङ्गलबार राजविराजस्थित आफ्ना घरमा निजी कामले गएका बेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलोज गर्ने र दुव्र्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ । आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढङ्गले प्रस्तुत हुन आग्रह गरेको छ ।