१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसी लन्डन आउने

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार १६:४९

लन्डन– नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी) लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालीटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा सेमिनार गर्ने भएको छ ।
आगामी अप्रिल ८ तारिक सनिबार लन्डन को सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहल भेटघाट तथा अन्तर् क्रिया कार्यक्रम आयोजना गरिएको एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसीले जानकारी दिए ।
सेमिनारमा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी पूर्व एनआरएन युरोप क्षेत्रीय संयोजक च्रिन्जीबी ढकाल सहित एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसी, प्यासेफिकका अन्तर्राष्ट्रिय परामर्श प्रमुख प्रेम सापकोटाले विविध पक्षबारे आफ्नो प्रस्तुति राख्नेछन् ।
बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्केपछिका विकल्पकोरुपमा जानकारी दिन सेमिनार आयोजना गरिएको केसीले बताए ।
अष्ट्रेलियामा लामो समयसम्म कार्यरत नेपालीहरुको समूहले काठमाडौंको मैतीदवीमा एकेडेमी सञ्चालन गरेका हुन् । प्यासिफिकले यसअघि बुटवलमा होटल व्यवसायी, विद्यार्थी, कन्सलटेन्सी, एवं सरोकारवालाबीच कुलिनरी शिक्षाबारे सेमिनार गरेको थियो ।
प्यासेफिक अष्ट्रेलिययन अन्तराष्ट्रिय कुलिनरी सर्भिसबाट मान्यता प्राप्त संस्था हो ।