४ बैशाख २०८१, मंगलवार
Follow Us

अानन्द अरूणको प्रवचन सम्पन्न

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०५:५०

लन्डन । मिसिसागा राम मन्दिरमा नेपालि र भारतिय मुलका क्यानेडियन माझ स्वामि अानन्द अरूणको प्रवचन अाज सम्पन्न भयो। क्यानाडाका लागि नेपालि राजदुत माहामहिम कालिप्रसाद पोखरेलको बिषेश ऊपस्थिति र टोरण्टोको लागि ईण्डियाका कन्सुलर जनरल अनरेबल दिनेश भाटियाको समेत सहभागितामा सम्पन्न कार्यक्रममा अानन्द अरूणले मानवता, अाध्यात्मिक ज्ञानप्राप्ति र भौतिक ऊपलब्धिको समानुपातिक अाबश्यकता र महत्बबारे प्रकाश पार्दै सहभागिलाई दिनमा २३ घण्टा अाफ्नो भौतिक र नित्यकर्ममा लगाएपनि कम्तिमा १ घण्टा अाफ्नो लागि खर्चन प्रेरित गर्नुभयो।किष्मत भण्डारि, सुर्य भट्टराई र डिअार खनाल लगायतको सक्रिय सहभागितामा सन्चालित ऊक्त कार्यक्रममा बिगत ५ बर्ष देखि टोरण्टोमा नेपालि समुदाय बिच लिटल अोशोको नामले चीर परिचित मधुबनका स्बामि अमृतो भट्टराईको ऊपस्थितिले अति शोभनिय बनाएको थियो।

जिबनमा यथार्थबादी बनि सत्यलाई अात्मसाथ गर्न सफल स्बामि अानन्द अरूणलाई धेरैजसो सहभागिले ऊहासँग प्रतक्ष भेटघाट गर्ने अबसरले अाफुलाई भाग्यशिल महशुस गरेको बताई रहेको पाईन्थ्यो। कार्यक्रममा टिमबर्क र कार्य बिभाजनको असमन्वयताले निम्ताईएका सहभागि र बिषेश पाहुनाहरूको स्वागतमा अायोजकको ध्यान पुग्न नसक्दा पनि किष्मत भण्डारि र डिअार खनालको ऊच्च सक्रियता र अानन्द अरूण प्रति सहभागिको अतुलनिय अाकर्षणले कार्यक्रम अति प्रभाबकारि बन्न गएको थियो। कार्यक्रममा अानन्द अरूणवाट सहभागिलाई १० मिनेट ध्यान गराईएको थियो भने सत्सँग पछिको प्रश्नोतर कार्यक्रम अत्यान्त ज्ञानमुलक थियो।