६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत बाहिरिनु युरोपेली सङ्घका लागि नराम्रो

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार ०७:२९

स्लोभानिया । स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताउनुभएको छ । युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उहाँले दुःख व्यक्त गर्नुभएको हो । उहाँले बेलायत र सङ्घको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको बताउनुभएको छ ।
विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यस्ले कुनै असर नपाउने विश्वास व्यक्त गर्नुभएको स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सी (एसटिए)ले जनाएको छ । युरोपेली सङ्घका लागि बेलायती राजदूतले सङ्घबाट बाहिरिनका लागि बेलायतका तर्फबाट युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन बुधबार पत्र दिनु्भएको थियो ।