१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार ०७:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफ्नो भूमिका रहने उल्लेख गर्दै नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि राजदूत पुरीले छुट्टाछुट्टै भेट गरिसक्नुभएको छ ।