८ बैशाख २०८१, शनिबार
Follow Us

आनन्दको अवतार… (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार ०७:४१

काठमाडौं । आनन्द राई सामाजसेवीका रुपमा चिनिन्छन् । लण्डनमा बस्दै आएका यिनै समाजसेबी आनन्द गीतकारको ‘अवतार’मा पनि श्रोता तथा दर्शकमाझ झुल्किएका छन् । आनन्दको शब्दरचना रहेको ‘अवतार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसलाई सुगमसंगीतका हस्ती उदय सोताङले स्वर दिएका छन् । गीतमा आफ्नो देशप्रति नै भाव प्रकट गरिएको छ । यो गीतलाई महिला भर्सनमा पनि रेकर्ड गरिएको छ । जसमा गायिका मेनुका राईको स्वर सुन्न सकिनेछ ।
लण्डनमा रहेर पनि आफ्नो मातृभूमिप्रति अटुट माया दर्साउँदै आएका समाजसेवी तथा गीतकार आनन्दले आफ्नो गीतबाट पनि यही प्रस्ट गरेका छन् । लण्डनको एक कम्पनीको काउन्सुरसमेत रहेका आनन्द भन्छन्, ‘गीतमार्फत आफ्नो माटोको सम्झना गर्दा आनन्द लाग्छ । उनी गीतकारमा आएपछि आफ्नो नाममा ‘डबली’ थपेका छन् अर्थात समाजसेवी आनन्द राई ‘गीतकार आनन्द डबली’ भएका छन् । आनन्दले चाँडै सोलो एल्बम ल्याउने बताएका छन् ।
आनन्द राईकै संगीत रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले निर्देशन गरेका हुन् । हरी हुमागाइँको छायांकन रहेको यस भिडियोमा पुष्प र वर्षाले अभिनय गरेका छन् । यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।