१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्राप्त उपलब्धि गुम्न नदिन सबै पक्ष निर्वाचनमा सहभागी हुनुपर्छ : नेता पौडेल

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार १४:४८

इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिन स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई भाग लिन आग्रह गर्नुभएको छ ।
सुनसरीको इनरुवामा आज काँग्रेस ४ नं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“मधेसी, दलित एवम् महिलाले प्राप्त गरेको उपलब्धि र अधिकारहरु गुम्न नदिन पनि निर्वाचनको अपरिहार्यता छ ।”
नेता पौडेलले काँग्रेसले संविधान संशोधनलाई टुङ्गोमा पु-याउने विश्वास दिलाउँदै मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । काँग्रेस हल्ला गर्ने र समस्या देखाउने पार्टी नभई समाधान गर्ने पार्टी भएकाले यसले अघि सारेका सबै मुद्दाहरु सबैको हितमा रहनेमा पनि उहाँले जोड दिनुभयो ।