७ बैशाख २०८१, शुक्रबार
Follow Us

हृदयन्द्रको व्रतबन्दको भोज २४ गते, को–कसलाई बोलाइयो ?

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार ०७:१९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयन्द्रको शुभ उपनयन (व्रतवन्ध) हिजो सम्पन्न गरेका छन् । १५ वर्षका हृदयन्द्रको हिजो दिउँसो १ बजेर १५ मिनेटको साइतमा निर्मल निवासमा ब्रतबन्ध गरिएको हो । व्रतवन्धपछि पूजाआजाका लागि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोक विनायक मन्दिरमा बाजागाजासहित ल्याइएको थियो ।
राजपरिवारका आफन्त र सर्वसाधारणको उल्लेख्य उपस्थितिमा शाहले झण्डै दस मिनेट लगाएर पूजा गरिरहँदा समर्थक र शुभेच्छुकले राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरेका थिए । पूजामा हृदयन्द्रका हजुरबुबा ज्ञानेन्द्र तथा बुवा–आमा पारस र हिमानी भने उपस्थित भएनन् । पूर्वराजा शाहले नातिको व्रतवन्धको उपलक्ष्यमा चैत २४ गते होटल सोल्टी क्राउन प्लाजामा भोज आयोजना गरेका छन् । भोजमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिसहित तीन हजारभन्दा बढीलाई निमन्त्रणा गरिएको बताइएको छ ।