१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकार र मधेसी मोर्चाबीच आज फाइनल वार्ता

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार ०७:३३

संबिधान संसोधन र स्थानीय तह निर्वाचनमा मोर्चाको सहभागिता लगायतका विषयमा सहमति खोज्न सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संसोधनमा सहमति जुटाएर मधेसी दलहरुको समेत सहभागितामा स्थानीय तह निर्वाचन गर्ने तयारी स्वरुप छलफल गर्न लागेका हुन । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा सिंमाकन संघीय आयोगमार्फत गर्ने गरि मोर्चाका बाँकी माग पुरा गर्नका लागि संबिधान संसोधनमा सहमतिको प्रयास हुने बताइएको छ । सिमाङकन वाहेक अन्य विषयमा प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक देखिएपछि प्रधानमन्त्रीले मोर्चाको धारणा बुझन लागेका हुन । पछिल्लो दिनमा सिमांकन शक्तिशाली आयोगमार्फत टुग्याउन मोर्चा पनि सकारात्मक देखिएको छ ।