१३ बैशाख २०८१, बिहीबार
Follow Us

यूरोपका चार देशमा नेपाली पर्यटन मेला

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार ०९:१३

लन्डन । नेपाल पर्यटन बोर्ड र यूरोपस्थित बोर्डका प्रतिनिधिको सक्रियतामा नेपाली पर्यटन मेला आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली दूतावास जर्मनी र जर्मनीका लागि पर्यटनदूत दिल गुरुङको उपस्थितिमा बर्लिनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
गत सोमवार बर्लिनस्थित नेपाली दूतावासमा सम्पन्न बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खानाललगायतको उपस्थिति थियो ।
बैठकले हरेक बर्ष जर्मनी, बेल्जियम, स्पेन, डेनमार्क, पोर्चुगललगायतका देशलाई समेटेर ४ वटा नेपाली मेलाको आयोजना गर्ने निर्णय गरेको छ । सन् १९९४ देखि नेपाल पर्यटन बोर्डको पर्यटनदूतका रुपमा काम गरिरहेका गुरुङले नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यस्ता मेलाको आयोजान गर्न लागिएको बताए ।