१३ बैशाख २०८१, बिहीबार
Follow Us

उत्तर कोरियामा लोकतन्त्र पुनस्र्थापना हुने विश्वास

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार १४:५१

काठमाडौं । उत्तर कोरियामा छिट्टै लोकतन्त्र पुनस्र्थापना हुने विश्वास यहाँका अधिकारवादीहरुले बताएका छन् । उक्त कुरा उत्तर कोरियामा भइरहेको मानवअधिकार उल्लंघनको घटनाबारे कीर्तिपुर र ठमेलमा छुट्टाछुटै आयोजना भएको फोटो प्रदर्शनीमा उनीहरुले बताएका हुन् । ग्रामीण क्लब हाउस नेपाल इटहरी सेन्टर फर लिवर्टी एन्ड युनिफिकेशनको संयुक्त आयोजनामा फोटो प्रदर्शनी भएको क्लबका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए ।
उनले नेपाली जनमत उत्तर कोरियाको विपक्षमा रहेको छ भन्दै नेपाल सरकारले पनि आफ्नो धारणा राख्नुपर्ने बताए । दुई दिनसम्म चलेको उक्त फोटो प्रदर्शनीमा झन्डै पाँच हजारले अवलोकन गरेको क्लबले जनाएको छ । फोटो प्रदर्शनीमा नेपाली कलाकार कृष्ण बुढा, परशुराम बुढामगर आफूहरुको कार्टुन अरु देशमा पनि प्रदर्शन गर्ने बताए ।