११ बैशाख २०८१, मंगलवार
Follow Us

मधेशी मोर्चाका चार नेता बालुवाटारबाट सिधै भारतीय दूतावासमा

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार १६:१८

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएपछि मधेशी मोर्चाका चार नेता सिधै लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेका छन् । संयुक्त रुपमा भारतीय दूतावासमा प्रवेश गर्ने मधेशी मोर्चाका नेताहरुमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुन् ।
उनीहरु बालुवाटारमा भएको सहमति दूतावासमा ब्रिफिङ गर्नका लागि मात्र होइन, दूतावासबाट बोलाएर नै यादव, ठाकुर, महतो र यादव भारतीय दूतावासमा पुगेका हुन् । दूतावासले मोर्चाकै अर्को घटक शरदसिंह भण्डारी र राजकिशोर यादवलाई भने बोलाएन । झण्डै एक घण्टापछि उनीहरु दूतावासबाट बाहिरिएका थिए ।