१२ बैशाख २०८१, बुधबार
Follow Us

एपी वान टेलिभिजन सुभारम्भ

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७३, शनिबार ०४:०१

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित ‘एपी वान टेलिभिजन’ हिजो शुक्रबारदेखि औपचारिक रुपमा प्रसारणमा आएको छ । उक्त टिभीको यहाँ आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सुभारम्भ गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा भएको राजनीतिक परिवर्तन र जागरणसँगै मिडियाको क्षेत्रमा पनि तीब्र विकास भएको बताउनुभयो ।
मिडियाले तराई, पहाड, हिमाल तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र संसारभरी छरिएका नेपालीलाई एकताबद्ध गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहालले देशमा आएको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक सङ्क्रमणको अन्त्य गरी आर्थिक विकास गर्न पनि सबै जुट्नुपर्ने खाँचो औँल्याउनुभयो ।
उहाँले संविधानको स्वीकार्यता बढाउँदै त्यसको कार्यान्वयन गरी राजनीतिक स्थिरता कायम गरी देशको आर्थिक विकास गर्न निर्वाचन एउटा महत्वपूर्ण कडी भएको बताउनुभयो । नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सञ्चार माध्यमको भीडमा अहिलेको आवश्यकतालाई ध्यान दिँदै मिडिया सञ्चालन गरिएको र मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।