१२ बैशाख २०८१, बुधबार
Follow Us

नापी कार्यालय धनुषाका अमिन रु तीस हजार घुस सहित नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १३:१९

महेन्द्रनगर । अख्तियार दुरुपयोग आयोगले नापी कार्यालयका एक अमिनलाई रु ३० हजार घुससहित नियन्त्रणमा लिएको छ । अमिन कृष्ण जोशीलाई आयोगको बर्दिवास क्षेत्रीय कार्यालयले आज दिउँसो सो रकमसहित नियन्त्रणमा लिएको हो । अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि रु ३० हजार घुस लिएको बेला क्षेत्रीय कार्यालयका एसपी राजकुमार लम्सालको टोलीले नियन्त्रणमा लिएको थियो ।