८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने : मधेशी मोर्चा

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १३:३१

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “ मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्छ । ”
नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार छ भन्नुभयो । उहाँले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने बताउनुभयो । राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए दुई चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तराईका जनताको माग सम्बोधन हुनेगरी संविधान संशोधान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणि चालिसेले वैशाख ३१ को चुनाव नरोकिने बताउँदै थपिएका निर्वाचन क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने तयारी भइरहेको बताउनुभयो ।