१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेयर बजारमा सर्किट ब्रेक

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १३:५६

काठमाडौं । धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ । एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो ।
कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको छ । स्टकका अनुसार बैंकिङ ७०.६ प्रतिशत, होटल ८७.१३, विकास बैंक ८८.२९, जलविद्युत् ६८.९१, फाइनान्स १६.७५, बिमा ७३३.३७, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ प्रतिशतले वृद्धि भएको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ ।