७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली कांग्रेसविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १४:०१

काठमाडौं । नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको र शक्तिपृथकीकरणको मान्यता विपरित भएको भन्ने सारसहित नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय नै गरी अदालतको फैसला आदेश प्रति असहमती जनाउँदा अदालतको अवहेलना भएको भन्दै आज मुद्दा दर्ता गरिएको हो । मुद्दा अधिवक्ता हरिप्रसाद मैनालीले दर्ता गराएका हुन् । सर्बोच्च अदालत प्रशासनले उक्त मुद्दाको पेसी चैत २२ गते मंगलवारका लागि तोकेको छ ।