६ बैशाख २०८१, बिहीबार
Follow Us

बाबुराम भट्टराईले ‘आँखा’ नपाएसम्म प्रहरी हिरासत नछोड्ने

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १४:३६

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले ‘आँखा’ चुनाव चिन्ह नपाएसम्म प्रहरी हिरासत नछोडने घोषणा गरेका छन् । प्रहरीले भट्टराईलाई रिहा गर्न चाहे पनि उनी अहिले प्रहरी हिरासतमै छन् । भट्टराईसँगै पुलिस क्लवमा रहेका उनका स्वकीय सचिव बिश्वदीप पाण्डेले प्रहरीले घर जान आग्रह गरे पनि भट्टराईले गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर चुनाव चिन्ह प्राप्तिको माग पूरा नभएसम्म बाहिर ननिस्किने बताएको जानकारी दिए । डा. भट्टराईको यो अभिव्यक्ति बाल हठ भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।