१३ बैशाख २०८१, बिहीबार
Follow Us

भोलिसम्म संविधान संशोधनको टुङ्गो लाग्छः प्रम दाहाल

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १४:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिसम्म संविधान संशोधनको टुङ्गो लाग्ने बताएका छन् । सिंहदरबारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा आफूहरुले गरिरहेको पहल भोलिसम्म टुङ्गोमा पुग्ने दावी गरेका हुन् ।
संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाएका प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेसँग समेत छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जानकारी पनि दिए ।
वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने दोहो-याएका उनले मधेसी मोर्चासमेत निर्वाचनमा सहभागि हुने बताए । मधेसी जातीय समन्वय समाजले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने माग राख्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझाएको थियो ।