१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्थानीय निवार्चनका लागि महिला प्रशिक्षण

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०६:३२

भरतपुर । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले महिलाको नेतृत्व बढाउन स्थानीय तहको निर्वाचनलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाल महिला संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष रेग्मीले आरक्षणमा मात्र सीमित नरही खुला रुपमा प्रतिस्पर्धामा उत्रन महिला सक्षम रहेको उनले जोड दिइन् । कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले संविधानले सुनिश्चित गरेका महिलाका पदबारे जानकारी गराएकी छन् । महिलाहरु शारीरिक र मानसिक दुबै पक्षमा बलियो रहेको भन्दै हरेक तह र तप्कामा नेतृत्व लिन सक्ने उनले जोड दिइन् । गाउँपालिका, नगरपालिका तथा महानगरपालिकामा महिलाका सुनिश्चित गरिएका पदबाहेक पनि खुला प्रतिस्पर्धामै जान सक्षम महिला समेत रहेको उनले बताइन् । उनले सहभागिहरुलाई महिला उमेद्वार हुन सक्ने पद, उमेद्वारीको प्रक्रिया लगायतबारे अभिमूखीकरण गरेकीछिन् ।
स्थानिय निकायको निर्वाचनमा अब महिलालाई मेयर तथा वडा अध्यक्ष जस्ता प्रमुख पदमा दावी गर्न सुझाएकीछिन् । कार्यक्रममा नेपाल महिला संघ चितवनका जिल्ला अध्यक्ष पार्वती शाहले कांग्रेसलाई बहुमतको पार्टी बनाउन नेताको निकट भन्दा पनि जनताको मनोभावना निकटका व्यक्ति पहिचान गर्दै उमेद्वार बनाउनुपर्ने तर्क गरीन् ।
कार्यक्रममा चितवनका ५ वटै निर्वाचन क्षेत्रका महिला संघ अध्यक्ष,नगर अध्यक्ष एवम् नेतृहरु सहभागि भएकाथिए । प्रशिक्षक प्रशक्षिणमा सहभागी उनीहरुले अब आआफ्नो क्षेत्रका महिलालाई स्थानीय तह निर्वाचन र महिला उमेद्वार चयन गर्न सहजीकरण गर्ने नेपाल महिला संघ केन्द्रिय अध्यक्ष रेग्मीले बताइन् ।
– सिर्जना अर्याल