१३ बैशाख २०८१, बिहीबार
Follow Us

लालबकैया नदीको पुल निर्माण अलपत्र

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०६:३४

रौतहट । निर्माण कार्यले गति नलिदा रौतहटको सदरमुकाम गौर र औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्रमा परेको छ ।
रौतहटको औरैया लगायत दर्जन भन्दा बढी गाउहरुलाई सदरमुकाम गौर संग जोड्नका लागि गौरको टिकुलिया घाट स्थित लालबकैया नदीमा बनिरहेको पक्कि पुलको निर्माण कार्य सुस्त भएका कारण अहिले पुल निर्माणको कार्य अलपत्रमा परेको छ ।
२०७४ असार २५ गते निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेपनि हालसम्म एक चौथाई पनि काम सम्पन्न भएको छैन् । हस्तान्तरण गर्ने समय नजिकिदै जांदा पनि पुल निर्माणको कार्यमा देखिएको ढिलाईले औरैया, बन्जरहा, मठिया, जोकाहा, जटहरा लगायतका एक दर्जन गांउका स्थानियहरु चिन्तित बनेका छन् ।
२५ असार २०७४ भित्र निर्माण कार्य सम्पन्न गरि पुल हस्तान्तरण गर्नका लागि २ करोड ३७ लाख ८ सय ३० रुपैयाँको लागतमा पप्पु कन्स्ट्«क्सनले २९ असार २०७१ मा ठेक्का सकार गरेको थियो ।
– प्रविण टिबडेवाल